
काठमाडौं, ३० असार । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको शनिबार बसेको १९औं बैठकमा दुई विधेयक पेश भएका छन् भने एउटा बिधेयक फिर्ता भएको छ ।
शनिबारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीकातर्फबाट आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेले प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका हुन् ।
स्वास्थ्यमन्त्री राजु खनालले पेश गरेको स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेययमाथि सैद्धान्तिक छलफल भएको छ ।
छलफलमा मन्त्री खनालले प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । यसैबीच यसअघि पेश गरेको एउटा बिधेयक फिर्ता भएको छ ।
प्रदेशसभामा पेश भइ लामो समयसम्म छलफल नभई रोकिएको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकबाट फिर्ता भएको हो । प्रदेशसभाको अर्को बैठक साउन ८ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।















प्रतिक्रिया