
झापा, ३० असार । चार्जमा राखेर फोन उठाउने क्रममा करेन्ट लगेर एक महिलाको मृत्यु भएको छ ।
झापाको गौरिगञ्ज गाउँपालिका १ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय सिला बुढाथोकीको मृत्यु भएको हो ।
खेतमा काम गरेर घर फर्किएपछि मोबाइलमा फोन उठाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया