
काठमाडौं, २८ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने जानकारी दिएका छन् ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताएका हुन् ।
मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै उनले एक लाख ३७ हजार कर्मचारीमध्ये संघ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको जानकारी दिए ।















प्रतिक्रिया