
काठमाडौं, २८ असार । परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले नेपाल चीनबीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयनको योजनामा छलफल जारी रहेको बताए ।
उनले केरुङ–काठमाडौ रेलमार्गको सम्भाव्यता अध्ययन र दुई देशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भरहेको जानकारी दिए ।
साउदले ७ वटा मुलुकमा राजदूत रिक्त रहेकाले कार्यविधि अनुसार चाडै नियुक्त गरिने जानकारी दिए ।
उनले नेपालको संविधानले निर्दिष्ट गरेका असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको, पारस्पारिक हित र लाभका आधारमा छिमेकी लगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेको जानकारी दिए ।















प्रतिक्रिया