६ कार्तिक २०८३, शुक्रबार

‘श्रीमतीलाई मारेर पहिला जंगलमा गाँडे अनि प्रहरीमा खोजीदिन आग्रह गरे’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kutpitकाठमाडौं, १५ जेठ । बाजुरामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी जंगलमा गाडेको खुलासा भएको छ ।

बाजुरा विचिया–७ मारीखोला बस्ने २८ वर्षीय तेजेन्द्र बुढाले आफ्नै श्रीमती २१ वर्षीया चिनकला बोहोरा वुढालाई बुधबार कुटपिट गरी हत्या गरेर जंगलमा गाँडेको प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

सुरुमा उनले बेपत्ता भएको भनी प्रहरीलाई खबर गरेका थिए । प्रहरीको खोजतलासपछि जंगलमा लास भेटिँदा घटनाको रहस्य बाहिर आएको हो ।

तेजेन्द्रले घरदेखि करिब ५ सय मिटर दक्षिण जंगलको बीचमा खाल्डो खनेर श्रीमतीलाई पुरेका थिए । सडेगलेको अवस्थामा महिलाको शव बिहिबार फेला पारेको हो । थप अनुसन्धानका लागि प्रहरीले तेजेन्द्रलाई हिरासतमा राखेको छ ।