दोलखा, १५ जेठ । दोलखामा भूकम्प पीडितका लागि आएको राहत वितरणमा कुटाकुट भएको छ ।
राहत बाँड्ने क्रममा विवाद हुँदा दोलखाको लामिडाँडा–१ बस्ने ४६ वर्षीय धानुक कार्कीलाई ६ जनाले बिहिबार कुटपिट गरेका हुन् । ५ जनाको कुटाईबाट कार्की गम्भीर घाइते भएका छन् । दोलखामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि बी एण्ड बी अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न दोलखामा २१ वर्षीय प्रवीन कार्कीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लामिडाँडा–१ मा राहत बाँड्ने बिषयलाई लिएर स्थानीय १८ वर्षीय सिताराम कार्की लगायतका ब्यक्तिहरुले उनलाई कुटपिट गरेका थिए ।















प्रतिक्रिया