५ कार्तिक २०८३, बिहिबार

मेयर बालेनद्वारा सीता दाहालप्रति श्रद्वाञ्जली अर्पण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेयर दाहालसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले श्रद्वाञ्जली अर्पण गर्दै समवेदना प्रकट गरेका हुन् ।

बालेनले सीताकी छोरीसमेत रहेकी रेणु दाहाललाई परिवारको अभिभावकत्व ग्रहण गर्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना पनि बालेनले गरेका छन् ।

प्रधानमन्त्री एवम् रेणुका बुबा प्रचण्डले सहयात्री, जीवनसंगी गुमाएको उल्लेख गर्दै बालेनले रेणुलाई अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका हुन् ।