५ कार्तिक २०८३, बिहिबार

इन्स्पेक्टरले जवानलाई हात बाँधेर कार्यालयभित्रै गरे कुटपिट

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । जिल्ला प्रहरी कार्यालय सिरहामा एक प्रहरी जवानलाई प्रहरी कार्यालयभित्रै थुनेर कुटपिट गरिएको छ ।

कार्यालयका प्रहरी निरीक्षक हेमन्त राईले जवान अणु रायको हात बाँधेर कुटपिट गरेका हुन् । उनलाई लामो समय हात बाँधेर यातना दिएका हुन् । उनलाई यातना दिएको भिडिओ सार्वजनिक भएपछि घटना बाहिर आएको हो ।

भिडिओमा जवानको हात पछाडि बाँधेको देखिन्छ । एक प्रहरी अधिकारीले ‘के खाएछस् रु’ भनेर गरेको प्रश्नमा बाँधिएका प्रहरी जवान राई जवाफ दिन्छन्, ‘केही खाको छैन ।’ उनले खोल्नुस्, यसरी यातना दिनुहुन्छ भने मर्छु पनि भनेका छन्।

ड्युटी धेरै गराएको भन्दै जवान रायले गुनासो गरेपछि उनीमाथि कुटपिट भएको हो । घटना सार्वजनिक भएपछि प्रहरीले भने घटना अन्तै मोड्न खोजिरहेको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकनन्द इवा लिम्बूले प्रहरी जवान रायलाई यातना नदिए बताए । उनले जवान रायले नशामा जथाभावी गरेपछि नियन्त्रणमा लिएर हतकडी लगाएर सोधपुछमात्र गरिएको बताए ।

तर, स्रोतका अनुसार जवान रायले त्यस्तो कुनै पनि हर्कत गरेका थिएनन् । भिडिओ सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालयले छानबिन सुरू गरेको छ ।