काठमाडौं, १५ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जर्मन नागरिकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
कतार एयरको उडानबाट दोहा हुँदै तान्जनिया जान लागेका जर्मन नागरिक राहदानी नम्बर ए ५६९६ जेड ५ बाहक ५७ वर्षीय इजमाइल अमिर एलमाहीलाई अवैध लागूऔषध ६.५ ग्राम चरेससहित बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलको हेण्ड ब्यागेज चेकिङ एरीयामा चेकिङ गर्ने क्रममा प्रहरीले फेला पारी उनलाई आवश्यक कारबाहीको लागि लागू औषध ब्यूरो कोटेश्वर पठाएको छ । उनी संयुक्त राष्ट्र संघ, डब्ल्युएफओ तान्जनियाको लजिस्टिक अफिसरको रुपमा कार्यरत रहेको बुझिएको छ ।















प्रतिक्रिया