
काठमाडौं, २७ असार । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको छ ।
स्क्रब टाइफसको बिरामी रहेका पुनको दाङस्थित अस्पतालमा उपचारकै क्रममा राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
पुनलाई उपचारका लागि रोल्पाबाट हिजो दाङ ल्याइएको थियो । अघिल्लो दिन दाङको घोराहीमा रहेको राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो ।
३९ वर्षीय पुन नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।















प्रतिक्रिया