६ कार्तिक २०८३, शुक्रबार

छोरीको विवाह खर्च भूकम्पपीडितलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Newly married couple ubmits their marriage reception amount forकाठमाडौं, १५ जेठ । शुक्रबार एक मनकारी बाबुले छोरीको विवाह खर्च भूकम्पपीडितलाई दिएका छन् ।

काठमाडौंका सुरेन्द्र माथेमाले छोरी प्रिती माथेमाको विवाहका लागि छुट्याएको २ लाख रुपैयाँ भूकम्पपीडितको सहयोगका लागि प्रदान गर्नुभएको हो ।

सो रकम माथेमा, उहाँकी पत्नी माला माथेमा, छोरी प्रिती र ज्वाइँ जेसी टिस (अमेरिकी नागरिक)ले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

अवसरमा माथेमाले मुलुक दुःखमा रहेको बेलामा तामझाम गरेर विवाह गर्न इच्छा नभएको र भोज तथा अन्य खर्चका लागि छुट्याएको रकम भूकम्पपीडितका लागि प्रदान गरिएको बताउनुभयो ।