
काठमाडौं, २७ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सीताको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना पनि प्रकट गरेका छन् ।
श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।
ॐ शान्ति।
— Narendra Modi (@narendramodi) July 12, 2023















प्रतिक्रिया