
काठमाडौं, २६ असार । मंगलबार बिहान सोलुखुम्बु लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका ६ नै जनाको शव काठमाडौं ल्याइँदैछ ।
शव ल्याउनका लागि दुई वटा हेलिकप्टर पठाइएको छ । दुर्घटनामा नेपाली पाइलट सीबी गुरूङसहित ६ जनाको मृत्यु भएको हो । पाँचजना रसियन नागरिक हुन् ।
रसियन नागरिकहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्।
उनीहरू सोमबार लुम्ला पुगेर काठमाडौं फर्कँदै थिए ।















प्रतिक्रिया