५ कार्तिक २०८३, बिहिबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको राहबेशी गाउँपालिका वडा नं. १ राहबेशी घर भई हाल काठमाडौंको चुनदेवीमा बसोबास गर्दै आएका ४० वर्षीय रमेश कुमार गुरुङ छ । उनलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा पक्राउ गरिएको प्रहरी उपरीक्षक संजय सिंह थापाले जानकरी दिए ।

उनका अनुसार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको महारजगञ्जबाट पक्राउ गरेको हो ।

गुरुङले प्रसाईँसँग २० करोड रुपैयाँ माग गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।