– सुशिल नेपाल
पाल्पा, १५ जेठ । जिल्ला कारागार पाल्पाका कैदीबन्दीहरु असुरक्षित रुपमा बस्न बाध्य भएका छन् । पहिले नै जीर्ण अवस्थामा रहेको जिल्ला कारागार पाल्पाको भवन भूकम्पपछि थप क्षति भएकाले कैदीबन्दीहरु असुरक्षित रूपमा बस्न बाध्य भएका हुन् ।
भूकम्पअघि पनि जीर्ण रहेको कारागार भूकम्पपछि थप जिर्ण बनेको छ । कारागारका पुराना प्रायः भवनहरु केही अंश भत्किएको र चर्किएको कारागार प्रशासनले जनाएको छ ।
विस १९८३ मा निर्माण गरिएको कारागार बैशाख १२पछि लगातार आएको भूकम्पबाट चर्किएर क्षति पुगेपछि अहिले बस्नै नमिल्ने अवस्था रहेको भन्दै कैदी बन्दी र उनीहरुका आफन्तले सुरक्षित ठाउँमा स्थानान्तरणको माग समेत गरेका छन् ।
‘भूकम्प जानुअघि त पिरलो छँदैथियो, भूकम्प गएर क्षति पु¥याएपछि बन्दीलाई कहाँ लैजाने भन्ने एकदमै पिरलो थपिएको छ’ कारागार प्रमुख धीरेन्द्रराज पन्तले भने ।
हाल कारागारमा २ सय ८९ जना पुरुष बन्दी र ८५ जना महिला कैदीबन्दी रहेका छन् । पुरुष कैदी बन्दीहरु असुरक्षित रूपमा बस्न बाध्य भएपनि महिलाहरु भने नयाँ भवनमा सुरक्षित रूपमा बसिरहेकोे कारागारले जनाएको छ ।
















प्रतिक्रिया