६ कार्तिक २०८३, शुक्रबार

‘पाटे चितुवाले खान्छ कि भन्ने डर सुत्न पनि पाउँदैनौ, हामीलाई ज्यान प्यारो छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tigerबनेपा, १५ जेठ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–वडा नं १० ओझेटारको दनुवार बस्तीमा गर्भवती र सुत्केरी अवस्थामा रहेका महिलालाई पाटे चितुवाको डरले सताउन थालेको छ ।

धेरै बाख्रा र कुकुरलाई चितुवाले लगिसक्यो त्यसैले चितुवा आयो भन्नेबित्तिकै सुतेको भए पनि ब्यँुझिन्छु गर्भवती अवस्थामा रहेकी अनिता दनुवारले भन्नुभयो ।

‘‘यस्तो अवस्थामा पनि डर मात्रै छ, निर्धक्कसँग बस्न र खान पाए आमा र बच्चालाई राम्रो वातावरण बन्थ्यो’’ अनिताले भन्नुभयो । उनी एउटा प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता गर्भवती र सुत्केरी अवस्थाका करिब एक दर्जन महिला ओझेटार बस्तीमा छन् । उनीहरु अहिले भूकम्पले घर भत्केर अन्नपात पुरिएपछि दिनहुँजसो राहतको पर्खाइमा नै दिन कटाउछन् ।

स्थानीय ज्ञानबहादुर दनुवारले भूइँचालो गएको केही दिनपछि नै चितुवाको आवतजावत बढेको उल्लेख गर्दै अहिले चितुवालाई भगाउन दिनहुँजसो युवाले गस्ती गरेको बताउनुभयो ।

‘‘वस्तुभाउ सबै बाहिर छन्, बाल बच्चा सबै बाहिरै छन् त्यसैले चितुवा आउँछ की भनेर टहरा बनाएको ठाउँमा घुम्छौँ’’ उहाँले भन्नुभयो ।

ज्ञानबहादुरले चितुवा भगाउन रातिमा टिन ठटाउने वा हल्ला गर्ने गरेपछि चितुवा भागेको स्मरण गर्दै गस्तीमा तीन जनाको समूह बनाएर महिला तथा केटाकेटीको हेरचाह गरेको बताउनुभयो ।

कृषि र माछा मार्ने पुख्र्यौली पेसा बनाएका सिमान्तकृत दनुवार समुदायको सो ठाउँमा झन्डै १२५ घरधुरी छन् । भूकम्पका कारण त्यहाँ रहेका अधिकांश घर भत्केको र चर्किएका अवस्थामा छन् ।

‘‘भूकम्प गएको पाँच दिनसम्म त हामीले केही खाएनौँ’’ स्थानीय माइली दनुवारले भन्नुभयो । उहाँले भूकम्प गएको एक सातापछि झिनो रुपमा केही राहत सामग्री आएको उल्लेख गर्दै ओत लागेको त्रिपाल पनि बतास आउँदा समातेर बस्नुपरेको गुनासो गर्नुभयो ।

अहिले सबैभन्दा बढी बच्चा र वृद्धवृद्धालाई समस्या परेको उल्लेख गर्दै उहाँले चितुवाको डरले त अब निन्द्रा पनि लाग्न छाडेको छ भन्नुभयो ।

राहतको पर्खाइमा बसेका दनुवार समुदायलाई आज ओझेटारमा अमेरिकी एक दम्पतीले निजी रुपमा रु दुई लाखबराबरको खाद्यान्न उपलब्ध गराएको छ ।

राष्ट्रिय क्रिश्चियन महासङ्घको समन्वयमा क्रिश्चियन दम्पती जोन जुनाथोनले १२५ घर परिवारलाई एक÷एक बोरा चामल, एक÷एक किलोग्राम दाल, एक/एक लिटर तेल, नुनलगायतका सामग्री उपलब्ध गराएको हो । रासस