५ कार्तिक २०८३, बिहिबार

बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २६ जनाको अवस्था गम्भीर

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ४१ जना घाइते भएका छन्। पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो। दुर्घटनामा परेर घाइते हुने ४१ सबैलाई मेलौलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ

। रेफर गरिएकामध्ये २६ जनाको अवस्था गम्भीर रहेको छ । ओरालो सडकमा अनियन्त्रित भएर सडक दुर्घटनामा परेको हो । सडकबाट चार सय मिटर तल खसेर बस रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।