
काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले दिएको अभिव्यक्ति राजनीतिक नभइ भावनात्मक भएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा स्पष्टीकरण दिँदै प्रचण्डले आफूले छोरी ज्ञानुको अन्तिम अवस्थालाई स्मरण गरेर बोलेको बताएका हुन् ।
उनले ज्ञानु अन्तिम अवस्थामा हुँदा उपचारका लागि भारत लगिएको र त्यो बेला प्रितम सिंहकै घरमा बसेको स्मरण गर्दै प्रचण्डले उनकै घरमा बस्ने क्रममा तपाईँ प्रधानमन्त्री बन्नुपर्छ भनेर कुरा गरेको प्रसंग आफूले बोलेको उनले बताएका हुन् ।
छोरीको उपचारका क्रममा रहेका बेला प्रितम सिंहले बोलेको कुरालाई आफूले स्मरण गर्दै धन्यवाद मात्रै दिएको उनले बताए ।
‘त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ’, प्रचण्डले भने, ‘म ज्ञानुको बुवा भएर बोल्न पुगेँ । र त्यो सेन्टिमेन्ट सम्झँन पुगे । प्रितम सिंहको सदासयताका निम्ती धन्यवाद दिन पुगेँ । उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन । त्यति त हो कुरा,’ उनले भने ।















प्रतिक्रिया