५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीको प्रश्न- मैले संसदलाई के कमजोरी भयो भनेर जानकारी दिन पाउँदिन ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्तिबारे संसदलाई आफूले प्रष्ट पार्न नपाई प्रतिपक्षी दलले संसद अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो अभिव्यक्तिबारे प्रष्ट पार्दै प्रतिपक्षी दलले आफूले स्पष्टीकरणसमेत दिन नपाई संसद अवरूद्व गर्दै राजीनामा माग गरिएकोमा आपत्ति जनाएका हुन् ।

‘मैले संसदलाई के कमजोरी भयो भनेर जानकारी दिन पाउँदिन ? संसदीय अभ्यास के हो भनेर प्रतिपक्षी दललाई राम्रोसँग थाहा छ,’ उनले भने ।

प्रचण्डले ‘प्रतिपक्षी दलले प्रश्न उठाउने बित्तिकै राजीनामा दिनुपर्ने हो ?’ भन्दै प्रश्न समेत गरे ।