नुवाकोट, १५ जेठ । नुवाकोट जिल्लाको अतिविकट ठाउँ काउले गाविसमा अनेरास्ववियुको टोलीले ४ वटा विद्यालयको पूनःनिर्माण गरेको छ ।
अनेरास्ववियु केन्द्रीय अनुशासन आयोगका अध्यक्ष निलकण्ठ आचार्यको नेतृत्वमा सचिवालय सदस्य सुदेस पराजुली र दिनेश आचार्य, केन्द्रीय सदस्यहरु गणेश सेंढाई, रमेश बटाला सहितको टोलीले विद्यालयको निर्माण गरेको हो ।
महाभूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त बनाएको उक्त विद्यालयको भग्नावशेषहरु भत्काई पूनःनिर्माण गरी हस्तान्तरण गरेको टोलीका सदस्य गणेश सेंढाइले बताउनुभयो ।



















प्रतिक्रिया