
काठमाडौं, २५ असार । नेकपा (एमाले) ले संसदको अवरोध हटाउने भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आजको संसदमा आफ्नो अभिव्यक्ति फिर्ता लिने र एमालेले अवरोध हटाउने निर्णय भएको हो ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
संसदीय दलको बैठकमा ओलीले प्रधानमन्त्री प्रचण्डले १८ गतेको अभिव्यक्ति र २१ गतेको सचिवालयलले निकालेको प्रेस विज्ञप्ति पनि फिर्ता लिने बिफ्रिङ गरेका थिए ।















प्रतिक्रिया