५ कार्तिक २०८३, बिहिबार

संसदको अवरोध हट्ने/नहट्नेबारे ओली भन्छन्– पार्लियामेन्टमा थाहा हुन्छ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको अवरोध हट्ने/नहट्ने निर्णय संसदबाटै हुने बताएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका सभापति शेरबहादुर देउवासँग सिंहदरबारमा छलफल सकेर बाहिरिँदै गर्दा संसद्‍मा अवरोध खुल्छ किन खुल्दैन ? भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’

प्रतिनिधिसभाको बैठक सोमबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद अवरोध गरिरहेका छन्।