५ कार्तिक २०८३, बिहिबार

‘वान एक्स बेट’ मा पक्राउ परेका कलाकार र युट्युबरलाई कति वर्ष जेल ?

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । वान एक्स बेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरहरूसहित ११ जनालाई तीन देखि ११ वर्षसम्मको कैद माग गर्दै मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले ११ जनाविरूद्व जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

प्रहरीले वान एक्स बेटमा संलग्न रहेको आरोपमा कलाकार बेगम नेपाली, मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु पौडेल ‘राजु मास्टर’, पवन खतिवडा ‘म्याकुरी’, सरोज घिमिरे, जलन घर्ती मगर र कुशल पोखरेलविरुद्ध मुद्दा दर्ता भएको हो ।

उनीहरू गत जेठ ३२ गते पक्राउ परेका थिए ।

यस्तै, यो प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी पत्नी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ११ माइती भई लम्कीचुहा-१० की २९ वर्षीय अनिता धितालविरूद्ध पनि मुद्दा चलाइएको छ।