
काठमाडौं, २५ असार । नेकपा (एमाले) का नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतृ एवं सांसदद्वय आरजु राणा र मञ्जु खाँणलाई पक्राउ गर्न माग गरेका छन् ।
प्रहरीको अनुसन्धानबाट राणालाई करोडौँ रकम बुझाएको अडिओ यही प्रकरणमा पक्राउ परेका सन्देश शर्माको भएको पुष्टि भएसँगै अब आरजु र मञ्जुलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने रिजालले माग गरेका हुन् ।
आरजु र मञ्जुलाई करोडौं बुझाएको भनिएको अडिओ सन्देश शर्माको भएको र अडिओ नक्कली नभएको प्रमाणित भएकाले आरजु र मञ्जुलाई पनि गिरफ्तार गरिनुपर्ने माग नेता रिजालले गरेका हुन्।
‘आरजु राणा र मञ्जु खाँणलाई पैसा बुझाएको अडिओ नक्कली रहेनछ। सक्कली ठग (जो त्यही मुद्दामा थुनामा छ) ले नै रकम बुझाएको हो भनेको कुरा परीक्षणबाट प्रमाणित भएपछि अब पनि म्याडमहरूलाई गिरफ्तार नगरी नक्कली भुटानी शरणार्थी प्रकरण टुंगोमा कसरी पुग्छ ?’ नेता रिजालले लेखेका छन् ।















प्रतिक्रिया