
काठमाडौं, २५ असार। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्व परेको रिटको आज सुनुवाई हुँदैछ ।
सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ। यसअघि हिजो रिट हेर्न नभ्याइनेमा परेको थियो ।
मुख्यमन्त्री नियुक्तिमा सभामुखसमेत सामेल भएको भन्दै नियुक्ति बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार रिट निवेदन दर्ता गराएका थिए ।















प्रतिक्रिया