काठमाडौँ, १५ जेठ । भूकम्पपीडित परिवार सङ्घले भूकम्पबाट पीडित जनतालाई अस्थायी वासस्थान निर्माण कम्तीमा रु ५० हजार उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
सङ्घका अध्यक्ष रवीन घिमिरेले राष्ट्रिय विपत्तिका अवस्थामा पनि कालाबजारी नियन्त्रण गर्न नसक्नु र सरकारले दिने भनेको रु १५ हजार हालसम्म पनि वितरण नहुनु तथा पहिला राहतस्वरुप विभिन्न जिल्लामा वितरण गरिएको २÷५ हजार पनि रु १५ हजारमा कटाएर पीडितलाई वितरण गर्नुले पीडितलाई झन् पीडा थपेको बताउनुभयो ।
सङ्घले भूकम्पबाट अति प्रभावित क्षेत्रका विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्न तथा भूकम्पबाट मृत्यु भएका परिवारका सदस्यलाई रोजगारी दिन सरकारसँग माग गरेको छ । रासस















प्रतिक्रिया