
काठमाडौं, २४ असार । नेकपा (एमाले) ले संसद अवरोध नगर्ने भएको छ ।
सिंहदरबारमा बसेको शीर्ष तीन नेताबीचको बैठकले संसदको अवरोध हटाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सम्मिलित बैठकमा एमाले संसदको अवरोध हटाउन तयार भएको हो ।
योसँगै एमाले प्रधानमन्त्रीको राजीनामाबाट पनि पछाडि हटेको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझेमा भने अवरोध पुन: कायमै रहने एमाले नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरूद्व एमालेले राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको थियो ।















प्रतिक्रिया