
काठमाडौं, २४ असार । सत्ता गठबन्धनले संसदको अवरोध हटाउन नेकपा एमालेसँग छलफल गर्ने भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको विरोध गर्दै एमालेले सदन अवरोध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेसहित प्रतिपक्षी दलहरूले विरोध गर्दै आएका छन् ।















प्रतिक्रिया