
काठमाडौं, २४ असार । कोशी प्रदेशमा तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
जीवन आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाईँ हुन् । उनी यसअघि पनि मन्त्री बनेका थिए । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने अन्य मन्त्रीहरू विनाविभागिय रहेका छन् ।
यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एसबाट कमल जबेगु मन्त्री बनिसकेका छन् ।















प्रतिक्रिया