५ कार्तिक २०८३, बिहिबार

समाजवादी मोर्चाको बैठक: नीति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । चार दल सम्मिलित समाजवादी मोर्चाको पहिलो बैठक सकिएको छ ।

नयाँ बानेश्वारस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको बैठकले मोर्चाको आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेका छन् ।

यस्तै बैठकले कार्यदलले नीति तथा कार्यक्रम निर्माण नसकेसम्म बैठकको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले गर्ने सहमति भएको छ ।

यस्तै, मोर्चाको अध्यक्ष ६/६ महिनामा परिवर्तन गर्नेबारे पनि छलफल भएको छ । मोर्चाबारे जानकारी दिन सात वटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।