
काठमाडौं, २० असार। जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको पूर्वसांसद र बहालवाला सांसदबीचको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा सांसद राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीले जीत हासिल गरेको छ । मंगलबारबाट सुरू भएको खेलको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
ओलीले खेल सामग्री मुख्य निर्णायक अनुपरत्न शाक्यलाई हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । रिभाइभ लिजर पार्क महालक्ष्मीस्थान ललितपुरमा भएको प्रतियोगितामा यज्ञराज सुनुवार र दिलमान पाख्रिनको टीम दोस्रो भयो ।
यस्तै, कमल थापा र गणेश थापाको टीम साथै भानुभक्त ढकाल र नवराज सिलवालको टीम तेस्रो स्थान प्राप्त गरे ।
विजयी टीमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र महासंघका अध्यक्ष पर्शुराम बस्नेतले पुरस्कार प्रदान गरेका थिए ।
















प्रतिक्रिया