५ कार्तिक २०८३, बिहिबार

मेयर हर्कविरूद्धको रिटमा अदालतले दिएन अन्तरिम आदेश, काम गर्ने बाटो खुल्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङविरूद्वको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्ष सरह काम गर्दै आएको भन्दै खानेपानी व्यवस्थापन बोर्डका सदस्यले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले अध्यक्षकै हैसियतमा काम गर्ने पाउने बाटो खोलिदिएको हो ।

बोर्डका अध्यक्षका रूपमा रहेका मेयर हर्क साम्पाङ र बोर्ड सचिव राजु पोखरेलविरूद्ध बोर्ड सदस्यहरूले उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग गर्दै धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्य तथा स्थानीय उद्योग वाणिज्य संघको तर्फबाट विजय श्रेष्ठले रिट निवेदन दर्ता गरेका थिए।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्ण कमल अधिकारी र मुरारीबावु श्रेष्ठको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।