५ कार्तिक २०८३, बिहिबार

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरोध, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौं, २० असार । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

संसद सुरू हुना साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले उठेर विरोध गरेको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए ।

सांसद पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको स्वाभिमानमा ठेस लागेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

पन्त बोलिसकेपछि सभामुखले बस्न आग्रह गर्दा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेरै विरोध गरिरहेपछि बैठक स्थगित गरिएको हो ।