५ कार्तिक २०८३, बिहिबार

शरद गौचनको हत्या गर्ने गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । तत्कालीन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या गर्ने गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ ।

काठमाडौँ जिल्ला अदालतले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाएको छ ।

यस्तै, लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सुनाइएको छ भने समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

२०७४ असोज २३ गते गौचनको काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ प्रयागचोकमा दिउँसै गोली हानी हत्या गरिएको थियो ।