
काठमार्डौं, २० असार । अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा पर्वतको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ।
पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो।
असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पुर्याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिए ।
विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको हुनबाट भने जोगिएको छ । विद्यालयले जग्गा अभावका कारण दुई ठाउँमा कक्षा सञ्चालन गरिरहेको छ ।
विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्मको आधारभूत तह सञ्चालन भइरहेको छ । ठेकेदारको लापरबाहीका कारण विद्यालयमा क्षति पुगेको स्थानीयको भनाइ छ ।
सडक निर्माणका क्रममा ठेकेदारले विद्यालयमाथि जथाभावी माटो फालेका कारण विद्यालयमा क्षति भएको स्थानीयले आरोप लगाएका हुन् ।















प्रतिक्रिया