
काठमाडौं, १९ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई अटेर गरेका छन् ।
आर्थिक नोक्सानी, गैरजिम्मेवार अभिव्यक्ति र जिम्मेवारी निर्वाहमा असफलताको आरोप लगाउँदै मन्त्री किराँतीले अधिकारीलाई सात दिने स्पष्टीकरण सोधका थिए । तर महानिर्देशक अधिकारीले स्पष्टीकरण नदिएका हुन् ।
अधिकारीलाई हिजो सोमबारसम्म स्पष्टीकरणका लागि समय दिइएको थियो । महानिर्देशक अधिकारीले स्पष्टीकरण प्राप्त भएकै दिन फेसबुकमार्फत स्पष्टीकरणको जवाफ नदिने बताएका थिए ।
अधिकारीले स्पष्टीकरण दिन अटेर गरेसँगै मन्त्री किराँतीले उनीमाथि कारबाही तयारी गरेका छन् ।















प्रतिक्रिया