५ कार्तिक २०८३, बिहिबार

पुरानै ग्रेडिङमा एसईईको नतिजा सार्वजनिक हुने

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङमा सार्वजनिक हुने भएको छ ।

नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले पुरानै ग्रेडिङमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

शुक्रबारसम्म नजिता सार्वजनिक गर्ने तयारी गरेको बोर्ड यसअघि पुरानै ग्रेडिङमा नतिजा सार्वजनिक गर्ने कि नयाँमा भन्ने अन्योलतामा थियो ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।