५ कार्तिक २०८३, बिहिबार

हनुमान ढोका परिसरमा सवारीसाधन प्रवेश निषेध गर्ने बालेनको घोषणा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हनुमान ढोका परिसारमा सवारीसाधन प्रवेशमा निषेध गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर बालेनले मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य राख्नका लागि सवारीसाधन निषेध गरिएको बताएका छन् ।

विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने सम्पदा र प्राचीन मौलिकता भएको र यही हेर्न, अनुभव गर्न र लाखौँ पर्यटकहरू नेपाल आउने गरेको उनले लेखेका छन् ।

‘काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यही हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ ।
यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ,’ उनले लेखेका छन् ।