
काठमाडौं, १९ असार । सभामुख देवराज घिमिरेसँगको छलफलमा तीन दलका शीर्ष नेताहरूबीच संसदीय समितिको सभापति चयन गर्ने विषयमा सहमति जुटेको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का शीर्ष नेताबीच सभापति छिटो भन्दा छिटो चयन गर्ने विषयम सहमति जुटेको हो ।
सभामुखको कार्यकक्षमा सभामुख घिमिरेले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।
पूर्व सहमतिअनुसार नै समितिको सभापति चयन गर्ने विषयमा सहमति जुटेको छलफलमा सहमागी कानूनमन्त्री धनराज गुरूङले जानकारी दिए ।















प्रतिक्रिया