५ कार्तिक २०८३, बिहिबार

अर्घाखाँचीको पाणिनिमा पहिरोले घर पुर्दा घाइते भएका तीन बालबालिकाको मृत्यु (अपडेट)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । अर्घाखाँचीको पणिनिमा पहिरोले घर पुर्दा घाइते भएका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

पाणिनि गाउँपालिका-१ पणेनाको गोहनपानीमा आज विहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।

स्थानीय गंगा रास्कोटीका छोराछोरी ९, १० र ११ वर्षका धनबहादुर रास्कोटी, खुमबहादुर रास्कोटी र अन्जना रास्कोटीको मृत्यु भएको हो ।

घाइते सचिन रास्कोटीको उपचारका लागि पाल्पा पठाइएको छ।