५ कार्तिक २०८३, बिहिबार

ललिता निवास जग्गा प्रकरण: महानगरपालिकाका बहालवाला अधिकृतसहित थप तीनजना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा थप तीनजना पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार थप तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिकाका बहालवाला छैठौँ तहका अधिकृत बाबुराजा महर्जन, शिवजी भट्टराई र घमनकुमार कार्की रहेका छन् ।

यही प्रकरणमा प्रहरीले केही दिनअघि सात जनालाई पक्राउ गरेको थियो । जसमा तीनजना पक्राउ परेकै दिन अदालतको स्टे अर्डरको सहायतामा रिहा भएका थिए ।

भाटभटेनीका मालिक मिनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त सुधिरकुमार साहसहित तीनजना प्रहरीको हिरासतमा छन् ।