५ कार्तिक २०८३, बिहिबार

ललिता निवासको जग्गामा बनेका संरचना सात दिनभित्र हटाउन महानगरको अल्टिमेटम

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास जग्गामा बनेका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

२४ घण्टामा संरचना नहटाए महानगरले आफैँ भत्काउने चेतावनी दिएको छ । महानगर प्रहरीले जग्गामा अहिले तारबार गरिरहेको छ । जग्गाको संरक्षणका लागि मेयर बालेन साहको निर्देशनमा महानगर प्रहरी तारबार गर्न खटिएको हो ।

यो सरकारी जग्गा व्यक्तिको नाममा गर्न खोजिएको प्रकरणको मुद्दा अहिले अदालतमा चलिरहेको छ । केही दिनअघि मात्रै यो प्रकरणमा संलग्न सातजना पक्राउ परेका थिए ।

जसमध्ये चारजना प्रहरी हिरासतमा रहेका छन् ।