५ कार्तिक २०८३, बिहिबार

एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका कारण लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।

आइतबार प्रदेशसभा बैठक सुरू हुनेबित्तिकै बजेटको बिषयमा आपत्ति जनाउँदै एमाले सांसदहरूले नाराबाजी गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तीले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथि बोल्न समय दिए लगत्तै प्रतिपक्षी एमालेका सासंदहरु रोष्टम अगाडि नाराबाजी गर्न पुगेका थिए ।

एमाले सासंदहरूले संसदीय मर्यादा कायम गर्न र लुम्बिनी प्रदेश सरकारले खारेज गरेका प्रदेश निर्देशनालयको पुर्नबहालीको माग गर्दै नारावाजी गरेका थिए ।

प्रमुख प्रतिपक्षको नाराबाजीपछि सभामुखले असार १८ गते १ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । यसअघि गत १३ गते आह्वान गरिएको बैठकमा पनि एमालेले बजेटको बिषयमा आपत्ति जनाउँदै विरोध जनाएको थियो ।

सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको अडान छ । प्रदेश सरकारले भने सरकारलाई आर्थिक भार बढी परेकाले सरकार निर्देशनालय खारेजीको पक्षमा रहेको जनाएको छ ।