५ कार्तिक २०८३, बिहिबार

रौतहटमा आमा-छोरी मृत फेला, श्रीमान र ससुरा फरार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । रौतहटमा आमा छोरी शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

मौलापुर नगरपालिका- ४ बौधा पतौराकी २४ वर्षीया कविता देवी साह र उनकी २ वर्षीया छोरी रोही कुमारी साह मृत फेला परेका हुन् । उनीहरूको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कविताको श्रीमान् वीरेन्द्र कुमार साह र नागेन्द्र साह फरार छन् । छोरी रोहीको शव घरको पंखामा झुन्डिएको अवस्थामा र आमा कविताको शव आँगनमा फेला परेको प्रहरीले बताएको छ ।

यसअघि पनि श्रीमान वीरेन्द्र लगायत परिवारले दाइजोको निहुँमा कवितामाथि कुटपिट गर्दै आएका थिए ।