
पाल्पा, १४ असार । महिला दर्शनार्थीलाई यौन दुर्व्यवहार गर्ने पाल्पाको भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बित भएका छन् ।
मूल पुजारी जितनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले निलम्बन गरेको हो ।
केही दिनअघि पुजारी योगीले महिला दर्शनार्थीलाई यौन दुर्व्यवहार गर्ने गरेको समाचार सार्वजनिक भएको थियो । उनलाई मन्दिरको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको समितिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
भैरवनाथ मन्दिर पाल्पाको चर्चित मन्दिर हो । यो मन्दिर दर्शन गर्न दैनिक हजारौँ दर्शनार्थी पुग्ने गरेका छन् ।















प्रतिक्रिया