५ कार्तिक २०८३, बिहिबार

बालनेको निर्णय सहि साबित, भारतीय अदालतले भन्यो- आदिपुरूष गलत छ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । दक्षिण भारतीय चलचित्र आदिपुरूषमाथि भारतको उच्च अदालतले प्रश्न उठाएको छ ।

इलाहाबाद उच्च अदालतले आदिपुरुष सेन्सर बोर्डबाट पास हुनु गलत भएको ठहर गर्दै सेन्सर बोर्डलाई फिल्म कसरी पास भयो भन्दै प्रश्न गरेको छ ।

अदालतले अदालतले रामायणका पात्रलाई हिन्दूहरूले पूजा गर्ने गरेको तर फिल्ममा ठट्टाको रूपमा देखाइनु आपत्तिजनक भएको निष्कर्ष निकालेको छ

। यस्तै, अदालतले कुनै पनि धर्मको गलत व्याख्या गर्न नमिल्ने बताएका छ । सुनुवाइका क्रममा फिल्म पास गरेर सेन्सर बोर्डले गल्ती गरेको ठहर अदालतले गरेको छ।

‘म स्पष्ट पार्न चाहन्छु, कुनै एक धर्मलाई नबिगार्नुहोस्, कुनै पनि धर्मको गलत व्याख्या नगर्नुहोस्,’ न्यायाधीशले भनेका छन्। आदिपुरूष नेपालमा पनि विवादित बनेको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फिल्म प्रयोग भएको संवाद र फिल्म लेखकले दिएको अभिव्यक्तिविरूद्व आपत्ति जनाउँदै महानगरमा हिन्दी फिल्म चल्न नदिने निर्णय गरेका थिए । तर, बालेनको निर्णयविरूद्व परेको रिटमा उच्च अदालत पाटनले बालेनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

अदालतको आदेशप्रति आपत्ति जनाउँदै बालेनले अदालतको निर्णय नमान्ने अभिव्यक्ति दिएका थिए । जसले गर्दा उनले अदालतको अवहेलना मुद्दा खेपिरहेका छन् । तर, भारतकै अदालतले भने आदिपुरूष नै गलत भएको ठहर गरेको हो ।