५ कार्तिक २०८३, बिहिबार

लुम्बिनीका दुई मन्त्रालयको नाम फेरियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । लुम्बिनी प्रदेश सरकारको दुई वटा मन्त्रालयको नाम फेरिएको छ ।

बुधवार बसेको मन्त्रिपरिषदको दुईवटा मन्त्रालयको नाम फेरेको हो । बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाएको हो ।

मन्त्रिपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको छ।

बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडको अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापन (ओएनएम) को स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।