
काठमाडौं, १३ असार । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अदालतले जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।
मन्त्री राजभण्डारीविरूद्व परेको अदालतको अवहेलना मुद्दामा सुनुवाई गर्दै उच्च अदालत विराटनगरले लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको हो ।
न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले असार २० गते दिनको ११ बजे अदालतमा उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको हो ।
मन्त्री राजभण्डारीले एक कार्यक्रममा न्यायाधीशले पैसा खाएर निर्णय गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिविरूद्व अधिवक्ता उद्धवचन्द्र घिमिरेले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।















प्रतिक्रिया