
काठमाडौं, १३ असार । सिटिजन्स बैंकले नागरिक क्लब भवन निर्माण उपभोक्ता समिति नेपालगन्जलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
हजुरको प्रगतीको सहयात्री“ भन्ने नारालाई आत्मसाथ गर्दै अनवरत रूपले नेपाली जनतालाई सर्वसुलभ बैंकिङ्ग सेवा दिदै आएको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जको धम्बोझीस्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेकोे हो ।
एक समारोहका बीच बैंकले एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मालाई हस्तान्तरण गरेको छ । ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष अजितकुमार शर्माले जानकारी दिए ।
ज्येष्ठ नागरिकहरूका लागि स्थापना गरिएको क्लबले उनीहरूको विभिन्न समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरूको आवाजलाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको बताएको छ ।













प्रतिक्रिया