
काठमाडौं, १३ असार । नेकपा एकीकृत समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
बुधबार बिहान संसदीय दलको बैठकपछि पार्टीले ह्वीप जारी गरेको हो । संसदीय दलको बैठकमा बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
यसअघि बजेट असमान रहेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपालसहित नेताहरूले नै विरोध गर्दै आएका थिए ।















प्रतिक्रिया